ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीद्वारा धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ७ : ५५   बजे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।

अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित स्थानीय बासिन्दाको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको हो। उहाँले प्रभावित स्थानीयसँग प्रत्यक्ष भेट गरी उनीहरूका गुनासा तथा समस्यासमेत सुन्नुभएको छ।

बाढी प्रभावित क्षेत्रमा एमालेसम्बद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र प्रवासी नेपाली मञ्च (ओएनएफ) लगायतका टोली उद्धार तथा राहतमा सक्रिय छन्।

धादिङको निरीक्षणपछि अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुभएको छ। त्यस क्रममा उहाँले बाढीले पुर्‍याएको भौतिक क्षति, स्थानीयको अवस्था तथा प्रभावित क्षेत्रमा भइरहेको राहत वितरणबारे जानकारी लिनुभएको हो।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीद्वारा धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत प्रमुखसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

चार पटक बाढीले उछिट्याउँदा पनि झार समातेर बाँचिन् मेन्दो पेमा लामा

घर त मसानघाट भयो, अब कहाँ जाने?’ : भोटेकोशीका बाढीपीडितको काठमाडौंमा बास

भन्सार अधिकृत गैह्रेले ज्यान जोगाउँदै देखेको भदौ १० को रसुवा त्रासदी

Nigerian Anticorruption Agency Sacks Over 40 Staff for Misconduct

Nepal’s Parliament Passes Special Motion on Bhotekoshi Flood Victims

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu