काठमाडौं । उत्तर कोरियाले एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता नखेल्ने भएको छ । उत्तर कोरियाले छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन एफसीले जनाएको छ । छनोट चरणमा उत्तर कोरिया इस्ट जोनको समूह ’के’ मा रहेको थियो । यस समूहमा जापान र कम्बोडिया रहेको थियो । एएफसी यू–२३ एसियन कप उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुनेछ ।
यस प्रतियोगिताका लागि नेपालले समेत छनोट खेल खेल्नेछ । वेस्ट जोनको छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । यस्तै उत्तर कोरियाले भारतमा आयोजना हुने एएफसी वुमन्स एसियन कप छनोटबाट समेत नाम फिर्ता लिएको एएफसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्