काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्ताको विषयमा माफी मागेका हुन् ।
प्रशिक्षक अलमुताइरीले आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको बताउदै माफी मागेका हुन् । अलमुताइरीले एक अन्तर्वार्तामा पहिले नेपाली फुटबल खेलाडीहरु नतिजाका लागि भन्दा पनि नया“ देश हेर्न र घुम्न मात्र जाने गरेको र आफ्नो आगमनपछि राम्रो नतिजा आएको बताएका थिए । उनको त्यस अभिव्यक्ति पछिल्लो समय विवादमा आएको थियो । नेपालका पूर्व खेलाडी र फुटबल समर्थकहरुले उनको अभिव्यक्तिमा विरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्