जुम्ला, १७ पुस । नागरिक समाज सञ्जाल जुम्लाले सामथ्र्य र पहिचानका आधारमा ६ नं प्रदेशको राजधानी कर्णालीमा हुनुपर्ने माग गरी प्रधानमन्त्रीलाई मागपत्र पेश गरेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत नागरिक समाजले पेश गरेको चारबुँदे मागपत्रमा राजधानी तोक्न प्रशासनिक सुगमता, भौगोलिक र वैज्ञानिक मापदण्डको प्रयोग गर्नुपर्ने, राज्यको मूलधारमा नआउञ्जेल कर्णालीलाई साविकको पिछडिएको क्षेत्र कायम गरिनुपर्ने र कर्णालीका पाँच जिल्लाको निर्वाचन क्षेत्र दोब्बर गरिनुपर्ने उल्लेख छ ।
कर्णालीको विकास र न्यायका लागि ६ नं प्रदेशमा राजधानी हुनुपर्छ भन्ने मान्यताका आधारमा मागपत्र पेश गरिएको संञ्जालका संयोजक राजबहादुर महतले बताए । मागपत्र बुझ्दै प्रजिअ विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्र पठाइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्