काठमाडौं,१८ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक आज मंगलबार बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी आज बोलाएको बैठकलाई अथपुर्णरुपमा हेरिएको छ ।
बैठक मंगलबार अपराह्न १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ ।माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्