काठमाडौं । नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल दशरथ रंगशालामा सुरु भएको छ । नेपाली टोलीको गोलपोस्ट किरण चेम्जोङले सम्हाल्दैछन् । त्यसैगरी डिफेन्समा सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डमा तेज तामाङ, पुजल उप्राकोती, सुमन लामा छन् । प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले अग्रपंक्तिमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान छन् ।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् । एन्फाले बुधबार गरेको पत्रकार सम्मेलनमा ५१ सय जनाले टिकट काटेको बताएको थियो । साफ च्याम्पियनसिप ३ अक्टुबरदेखि १३ अक्टोबरसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ ।
र, यसपटकको साफ च्याम्पियनसिपमा केवल पाँच टिमले मात्रै सहभागिता जनाउनेछन् । नेपाल र भारतसहित बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंकाले मात्रै प्रतियोगितामा सहभागिता जनाउनेछन् । पाकिस्तान र भूटानले भने यस संस्करणको साफमा सहभागिता जनाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्