काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ । खेलको ६० औं मिनेटम भारतीय खेलाडीले गोल फर्कायो ।
कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि पूर्ण रुपमा क्लियर हुन सकेन । सोही बललाई अनिरुद्ध थापाले गोललाइनबाटै गोल गरे । यसअघि नेपालका लागि अञ्जन विष्टले ३५ औं मिनेटमा अग्रता लिएको थियो ।
अनिरुध दोस्रो हाफको सुरुमै ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्