काठमाडौं । दशरथ रंगशालामा जारी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले अग्रता लिएको छ । पहिलो हाफमा नेपालको रक्षापंक्ति छिचोल्न नसकेको भारतका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले गोल गरेका हुन् ।
फारुख ४६औं मिनेटमा बिपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । भारतीय कप्तान सुनिल क्षेत्रीले बायाँतर्फबाट गरेको सुन्दर क्रसलाई अनमाक्र्ड रहेका चौधरीले गोलमा परिणत गरेका थिए । गोलसँगै भारतले ७१औं मिनेटमा खेल जारी रहँदासम्म १–० को अग्रता कायम राखेको छ ।
प्रतिक्रिया दिनुहोस्