काठमाडौं । विश्वकपको युरोपियन छनोटमा फ्रान्सले फिनल्याण्डलाई हराएको छ ।
एन्टोनी ग्रिजम्याच चम्किएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २–० ले हराएको हो । फ्रान्सको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे । खेलको २५ औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाएका ग्रिजम्यानले ५३ औं मिनेटमा दोस्रो गोल गरेका थिए । विश्व विजेता फ्रान्सले पछिल्ला दुई छनोट खेलमा बराबरी खेलेको थियो । उसले बोस्निया हर्जगोभिना र युक्रेनसंग बराबरी खेलेको थियो । ग्रिजम्याच खेलाडी सरुवाको अन्तिम दिन नयाँ सिजन एट्लेटिको मड्रिड फर्किएका छन् ।
उनी लोनमा बार्सिलोनाबाट एट्लेटिको आएका हुन् । ३० वर्षिया फरवार्डले नयाँ क्लबाट खेल्न पाएका छैनन् । तर उनले फ्रान्सका लागि तीन अन्तराष्ट्रिय खेलमा तीन गोल गरिसकेका छन् । जितसंगै फ्रान्सले ५ खेलको जित विहिन यात्रालाई समेत सुधार गरेको छ । फ्रान्स १२ अंक सहित समूह डीको शीर्ष स्थानमा छ । यसले दोस्रो स्थानको युक्रेनसंग ७ अंकको स्पष्ट अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्