ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा उच्च अङ्कको वृद्धि


एबीसी / संवाददाता
२६ फाल्गुन २०७८, बिहिबार   ५ : १८   बजे

काठमाण्डौं, २६ फागुन । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले उकालो लागेर ४९३.५३ मा पुगेको छ । कूल २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर रु दुई अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै शेयर उकालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १६.४९, व्यापार ६०.५३, होटल तथा पर्यटन ४२.४४, विकास बैंक २०२.९१, जलविद्युत् १२४.४२, वित्त १०२.७८, निर्जीवन बीमा २४८.१, उत्पादन १२७.२, अन्य ०.८६, लघुवित्त ९७.४, जीवन बीमा ३७२.७९, सामूहिक लगानी कोष ०.२२ र लगानी ३.४१ अङ्कले उकालो लागेको छ ।
शेयर कारोबार हुने साताको अन्तिम दिन बजार पूँजीकरण रु ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख ६७ हजार ५२४ बराबर पुगेको छ । कारोबारका आधारमा अपिपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु १६ करोड ६५ लाख २९ हजार ९६६ बराबरको कारोबार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड १२ लाख ५६ हजार २२३, एनआइसी एशिया बैंक रु १२ करोड ४६ लाख ११ हजार ५७५, अरुण भ्याली हाइड्रोपावर रु ११ करोड ८६ लाख ७४ हजार ९८८ र हिमालयन डिस्टिलरी रु नौ करोड एक लाख ९३ हजार ८९० बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।
नेप्सेका अनुसार इमर्जिङ नेपाल लिमिटेड ९.९८, कर्णाली डेभलपमेन्ट बैंक ८.८९, नेपाल हाइड्रो डेभलपर्स ८.६५, प्रोगेसिभ फाइनान्स ८.५३ र ज्योति विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतले कमाए । यस्तै माउण्टेन इनर्जी ३.०८, नेपाल दूरसञ्चार कम्पनी २.०२, बोटलर्स नेपाल तराई १.८३, आइसिएफसी फाइनान्सको ऋणपत्र १.३६ र गुडविल फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group