ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने : उपप्रधानमन्त्री महरा


admin
२८ असार २०७४, बुधबार   ४ : ३२   बजे

काठमाडौँ, २८ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँग भेटवार्तामा उहाँले विदेशस्थित नेपाली कुटनीतिक नियोगलाई आर्थिक कुटनीतिका लागि परिचालन गरिने जानकारी दिनुभयो ।

दुई ठूला छिमेकीले हासिल गरेको उपलब्धिबाट आर्थिक फाइदा लिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीले हाम्रो राष्ट्रिय फाइदालाई केन्द्रमा राखेर अगाडि सार्नुपर्छ ।”

उद्योग व्यवसायीका समस्यालाई अन्तर्राष्ट्रियस्तरमा सहजीकरण गर्न परराष्ट्रमन्त्रालयले पहल गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले कुटनीतिक क्षेत्रले पनि आर्थिक समृद्धिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयोे ।

नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सको छुट्टाछुट्टै प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री महरालाई भेटेको थियो । भेटमा मन्त्री महराले मुलुकलाई राजनीतिक बहसबाट आर्थिक बहसतर्फ केन्द्रित गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्तगर्नुभयोे ।

उहाँले मुलुकमा लगानीको वातावरण बनाउन सकिएमा द्रूतगतिमा आर्थिक विकास गर्न सकिने भएकाले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।

भेटका अवसरमा परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले द्विपक्षीय सम्बन्धको आधारमा नेपालले आर्थिक कुटनीति अवलम्बन गरेर आर्थिक विकास र व्यापार सहजीकरणको भूमिका निर्वाह गर्न र लगानी तथा व्यापार प्रवद्र्धनका लागि दूरगामी आर्थिक नीति बनाउनका लागि पहल गर्न अनुरोध गर्नुभयो ।

त्यसैगरी चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई मजबुुत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले द्विपक्षीय एवम् बहुपक्षीय मञ्चमा आर्थिक विकासका मुद्दालाई अगाडि बढाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । रासस÷

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

China Outlines Plans for Next-Generation Networks, Addresses Business Payments

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

China Disputes US Claim of Wrongful Detention of Myanmar Analyst

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu