काठमाडौं २८ असार ।
चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान त्रिवि शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राख्दै आज काठमाडौमा प्रदर्शन गरेका छन् ।
निजी शिक्षण अस्पतालहरुले नियम बिपरीत पोष्ट ग्राजुएट, स्नाकोत्तर तह भर्नामा अत्याधिक रकम असुली गरेको, पिजी काउन्सिलको सिफारिसलाई मान्यता नदिइएको लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।
विभिन्न ६ बुँदे माग राखी स्वतन्त्र विद्यार्थी युनियनले महाराजगंजस्थित डिनको कार्यालयमा १० दिनदेखि तालाबन्दी समेत गरेको छ ।
माग जायज भएकाले माग पुरा नहुँदासम्म आन्दोलबाट पछि नहट्ने प्रतिष्ठानका स्ववियू अध्यक्ष डाक्टर मिलन गैरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्