काठमाडौं २८ असार । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचनपछि वडा तहबाट जनताले सहज रुपमा सुविधा पाउने बिश्वास व्यक्त गर्नुभएको छ ।
युवा सिर्जनशील समाज नेपालले बुधबार काठमाडौमा गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उहाले वडामा जनताले जस्तोसुकै समस्या र गुनासो लिएर आउने भएकाले यसका लागि वडा प्रतिनिधि तयार रहनुपर्ने उल्लेख गर्नुभयो ।
उहाले वडामा आउने सानाभन्दा साना समस्या पनि सम्बोधन गर्न जनप्रनितिधिले बिशेष ध्यान पुराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजले आयोजना गरेको बिभिन्न तालिाका सहभागीहरुलाई नेता सिंहले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्