काठमाडौं ३० असार । नवनियुक्त मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले नेपालले आवश्यक शैक्षिक स्तरको अभावमा मानव अधिकारको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।
नवनियुक्त मुख्य सचिव क्षेत्रीले मानव अधिकारको क्षेत्रमा काम गर्न नेपालसँग स्रोत, साधन र जनशक्तिको समेत कमी रहेको बताउनुभयो ।
आज व्यवस्थापिका संसद अन्तरगतको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले नेपालले मानव अधिकारको क्षेत्रमा भएका सबैजसो अन्तराष्ट्रिय सन्धि, सम्झौताहरुमा हस्ताक्षर गरेको स्मरण गराउँदै त्यसलाई पुरा गर्न भने विद्यालय तहदेखिनै पाठ्यक्रम निर्माण गरेर अघि बढनुपर्ने आवश्यक्ता आंैल्याउनुभयो ।
उहाँले मानव अधिकार संवेदनशील विषय भएकाले यसको सम्वद्र्धन गर्न सरोकारवाला सबै निकायले स्रोत, साधन, जनशक्ति र आवश्यक शैक्षिक स्तर वृद्धिमा ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो ।
मुख्य सचिव क्षेत्रीले आफू मानव अधिकारको प्रवद्र्धन गर्न आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले मानव अधिकार हनन् हुन नदिन राज्यका सबै अंगले सचेत भूमिका निर्वाह गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्