काठमाडौं,९ माघ। निर्माण व्यवसायी शरद कुमार गौचनलाई गोलि हान्ने श्याम लामा (गुम्बे) लाई सिआईबीले चितवनबाट पक्राउ परेका छन् ।
चितवनमा पक्राउ परेका लामालाई काठमाडौं ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बिहान गोम्बेलाई पक्राउ गरेको हो । गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।
गौचनलाई गोली प्रहार गर्ने अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । उनीहरु दुवै जना सेनाका भगौडा हुन् । यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्