काठमाडौँ ११ माघ । राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएकी कोमल वलीले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार धारणा राख्दै प्रस्तुत गरेकि छिन् ।
नेकपा एमालेको तर्फबाट राष्ट्रियसभामा उमेदवार बनेपछि सामाजिक सञ्जालमा अनेक टिप्पणी बेहोरेकी वलीले आफूले राष्ट्रियसभा सदस्यजस्तो गरिमामाय पद चिट्ठामा नपाएको भन्दै एउटा जिम्मेवार राजनीतिक दलले एक देशभक्त नागरिकलाई देशको लागि केही गर भनेर थमाएको राजनीतिका रूपमा आफूले बुझेको भनेर प्रष्ट्याएकी छिन् ।
८० को दशकमा अमेरिकी राष्ट्रपतिको रूपमा दुनियाँमा आफ्नो प्रभाव जमाउने रोनाल्ड रेगनको पृष्ठभूमि समेत राजनीति नभएको दृष्टान्त दिँदै वलीले कलाक्षेत्रबाट राजनीतिमा सक्रिय हुन खोज्ने आफू दुनियाँको पहिलो वा अन्तिम पात्र नभएको जिकिर गरेकी छन् ।
उनले एउटी नारीको आवाज, एउटी कलाकारको संगीतलाई र एउटा सचेत नागरिकको इच्छाशक्तिलाई पार्टीले सम्मान गरेको भन्दै राष्ट्रिय सभामा वाम गठबन्धनको उमेदवारलाई मतदान गर्न मतदातासमक्ष अपिलसमेत गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्