रुपन्देही, ११ माघ । प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झा ले संविधानले दिएको संविधानले तोकिएको समयमा प्रदेश सरकारको गठन र प्रदेशसभाको बैठक अव्हान गरिने बताए ।
बिहीबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानको अक्षरंस पालना गर्दै सयमसीमा भित्रै प्रदेशसभाको बैठक आब्हन र प्रदेशसभाको गठन हुने स्पष्ट पारे ।
संविधानमा निर्बाचन आयोगले अन्तिम नतिजा प्रकाशन गरेको २० दिन भित्र प्रदेशसभाको बैठक र ३० दिन भित्र प्रदशस सरकार बनिसक्नु पर्ने व्यवस्था गरेको छ ।
संविधान कार्यन्वयन गर्नु चुनौतीपूर्ण कार्य भएपनि आफू संविधानको कार्यन्वयनमा पूर्ण प्रतिवद्ध रहेको बताए । सरकार गठन र प्रदेशसभाको बैठक आब्हनका लागि राजनैतिक पार्टी र कानूनविद्सँग परामर्श गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्