काठमाडौं ३० असार ।
आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध आज पनि मुद्दा दर्ता हुन सकेन ।
अभियोग पत्र धेरै पृष्ठको भएको र त्यहि समयमा सर्वोच्च अदालतमा शर्मालाई उपस्थित गराउनु पर्दा अख्तियारले आज मुद्दा दर्ता गर्न नसकेको हो । आज कार्यालय खुल्नासाथ विशेष अदालतमा हाजिर गराए पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको पेशीमा उपस्थित गराउन लगेको थियो । सर्वोच्च अदालतबाट विशेष अदालत ल्याउन ढिलो भएकाले मुद्दा दर्ता हुन नसकेको हो ।
विशेष अदालतले अभियोगपत्र धेरै पृष्ठको भएकाले अध्ययन गर्न समय लाग्ने भन्दै अभियोग पत्र दर्ता गरेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले गएको बुधबार सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।
कर फछ्र्यौट आयोगमार्फत भ्रष्टाचार गरेको आरोपमा शर्मालाई जेष्ठ १९ गते आन्तरिक राजश्व कार्यालयबाट पक्राउ गरेको थियो ।
आयोगले शर्मासहित कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई समेत भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्