काठमाडों ३० असार
सत्तारुढ नेपाली काग्रेसले पनि मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
नेपाली का“ग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुसग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको काग्रेस नेता बालकृष्ण खा“डले जानकारी दिुनभयो ।
निर्वाचन आयोगले आगामी साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने योजना बनाएको छ । तर, राजनीतिक दलहरुले भने जिल्ला सदरमुकामबाटै मतदाता नामावली संकलन गर्दा आम मतदाताले हैरानी व्यहोर्नुपर्ने अवस्था रहेकोतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउदै आएका छन । काग्रेसले साउन महिनाभर मतदाता नामावली संकलन गर्न पनि आग्रह गरेको छ ।
खेतीपातीको यो बेला १५ दिनभित्रमा मतदाता नामावली संकलनको काम नसकिने भएकाले यसको मिति पनि १५ दिन थप्न आग्रह गरिएको का“ग्रेस नेता खा“डले बताउनु भयो ।
निर्वाचन आयोगले भने साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन र १६ गतेदेखि २० गतेसम्म त्यसको अध्यावधिक गर्ने कार्यतालिकानै सार्वजनिक गरेको छ । मंसीर पहिलो हप्ताभित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन समेत सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली संकलनको कामलाई छिटो सक्ने योजना बनाइएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काम पनि आगामी साउन १५ गतेभित्र गरिसक्न सरकारलाई आग्रह गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्