काठमाडौं ३० असार ।
सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सबै पक्ष मिलेर अघि बढनुपर्नेमा बताउनु भएको छ ।
सभामुख घर्तीले संविधानको पूर्ण कार्यान्वयन नभए प्राप्त उपलब्धि गुम्न सक्नेतर्फ पनि सचेत गराउनु भयो । शुक्रबार काठमाडौंको बबरमहलस्थित आर्ट ग्यालरीमा फोटो पत्रकार क्लवले गरेको फोटो प्रदर्शनी उदघाटन गर्दै उहाले संविधान कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्न फोटो पत्रकारहरुसग आग्रह गर्नु भयो ।
त्यस अवसरमा सभामुख घर्तीले व्यवसायिक पत्रकारिताको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व राज्यको भएको बताउनुभयो । उहाले स्वतन्त्र पत्रकारिताका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
सभामुख घर्तीले जनताको सूचनाको हकलाई सुनिश्चित हुने गरी समाचार सम्प्रेषण गर्न पनि संचारकर्मीहरुस“ग आग्रह गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्