ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनवलमा दोश्रो औद्योगिक व्यापार मेला सुरु


एविसी संवाददाता
१० माघ २०७९, मंगलबार   ६ : २९   बजे

पश्चिम् नवलपरासी । कृषि,पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आजदेखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ।

उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल हाटवजार स्थालमा मेला संचालन भएको हो।

व्यापार मेलाको आज भव्य समारोहका विच कानून न्याय तथा संसदीय मामीला मन्त्री धुब्र बहादुर प्रधानले उद्घाटन गरेका छ्न्।

मेलाको समुद्घाटन गर्दै मन्त्री प्रधानले अहिलेको सरकार जनातालाई कसरी खुसी राख्ने भन्ने सोचका साथ अगाडी बढेको बताए।

उनले नवलपरासीको समग्र विकासका निम्ति अन्य मन्त्रालयसंग समेत छलफल परामर्श गरीरहेको बताए । अहिले उद्योगी व्यवसायीहरु समेत धरासयी भएको अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरुको समस्या समाधानका लागि क्याविनेटमा छलफल भईरहेको मन्त्री प्रधानले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले यस क्षेत्रको हरेक विकासमा आफ्नो सहयोग रहने बताए। उनले यस क्षेत्रको भौतिक,समाजिक,शैक्षिक लगायत समग्र विकासमा आफु निरन्तर लागिरहने बताए ।

यस क्षेत्रका उद्योगी,व्यापार व्यवसाय,कृषिको प्रवद्र्धन गर्न र सुनवलको पहिचानका लागि मेलाको आयोजना गरीएको मेला आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताए ।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका घरेलु साना, सम्झौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषि जन्यका गरी १५० स्टल रहेका संघका वाणिज्य उपाध्यक्ष तथा मेला आर्थिक समिति संयोजक लेखनाथ खरेलले जानकारी दिए । मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र मेलाबाट करिव १० करोड वरावरको कारोबार गर्ने लक्ष्य राखिएको उनले बताए ।

मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निशुल्क टिकटको व्यवस्था,विद्यार्थिलाई ७० र अन्यलाई १०० रुपैया टिकटको व्यवस्था गरीएको संघका महासचिव एव प्रचार प्रसार समिति संयोजक तथा मेला प्रवक्ता तेजु भण्डारीले जानकारी दिए।

मेलालाई प्रर्दशनी तथा बिक्री कक्ष, संस्कृतिक तथा सांगितीक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी मुख्य चार भागमा बिभाजन गरिएको छ।

मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कलाकारहरुको समेत बिजोड प्रस्तुती रहने संघका सदस्य एवं सांस्कृतिक संयोजक रमेश पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वार बनाउने नाट्टाको संकल्प

केत्तुके बजार र सिद्धिचरण लोकमार्गको तस्बिर

प्रधानमन्त्री र गृहमन्त्रीलाई नेकपाको प्रश्न- भीभीआईपीको सुरक्षा प्रोटोकल के हो ?

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

म्याग्दीमा पर्यटकीय पूर्वाधार विस्तार, एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu