नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ भारतले सिमा मिचेको भनिएको स्थल छपकैया पुगेको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले सीमामा उभिएर ‘सिमाको समस्या सधैका लागि समाधान हुने गरी समाधान निकाल्न बैज्ञानिक सिमाङ्कन गर्नुपर्ने माग गर्नुभएको छ ।
सीमा अवलोकनका लागि नेविसंघ उच्च स्तरीय प्रतिनिधिमण्डल सहित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैया पुगेको हो । नेपाल भारत सिमामा पुगेर नेविसंघले यस अघि दुई देश बीच भएका सिमा निर्धारण ब्यवहारिक नभएको भन्दै नया“ बैज्ञानिक सिमाङ्कन गरिनुपर्ने माग गरेको छ ।
सीमा मिचिएको स्थलबाट फर्किए पछि नेविसंघले त्यहा“को स्थलगत रिपोर्ट सहित नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । नेविसंघले यो बिषयलाई भारत सरकार समक्ष समेत पूर्याउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्