माघ १२। दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ३१ जनाको ज्यान गएको छ ।
दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीका बेला एक सयभन्दा बढी मानिस अस्पतालभित्र रहेको बताइएको छ
अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्ने इमरजेन्सी कक्षबाट आगो सल्किएको अनुमान गरिएको छ । अस्पतालको नजिकै रहेको नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्