काठमाडौं, १२ माघ । २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन आयोगले आचारसंहिता आज देखी लागू गरेको छ ।
अब सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय तह, स्थानीय निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धीत निकाय, सञ्चारमाध्यमलगायतलाई आचारसंहिता लागू हुनेछ ।
आचारसंहिता लागू भएपनि देउवा सरकार भने धमाधम राजनीतिक नियुक्तिमा निर्लिप्त छ । विहीबार मात्र एक हजार भन्दा व्यक्तिलाई विभिन्न संस्थानमा नियुक्ति सरुवा र बढुवा गरेको छ । निर्वाचन आयोग देउवा सरकारको लाचार छायां बनेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् ।
आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर समेत पाइने छैन ।
वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचारसंहिताले नछुने निर्वाचन आयोगले जनाएको छ । कुनै अत्यावश्यक निर्णय गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वस्वीकृति लिनुपर्नेछ । जनप्रतिनिधिले नै चुनाव गर्ने भएकाले आचार संहित उल्लङघन नहुने अपेक्षा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्