ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किरात संग्रहालय निर्माणमा गरिने


एबीसी न्यूज
१२ माघ २०७४, शुक्रबार   १२ : ११   बजे

खोटाङ, १२ माघ  ।   नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ ।

किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको एँेसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात संग्रहालय स्थापनार्थ आर्थिक सहयोग जुटाउन किरात राईहरु केन्द्रित भएका हुन् ।

किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई संकलन र संरक्षण गर्ने उद्देश्यले निर्माण शुरु गरिएको संग्रहालय भवनका लागि एक वर्षमा रु १६ लाखभन्दा बढी रकम प्राप्त भएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभयो । संग्रहालयको विकास गरी किरात अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पु¥याउने गरी दीर्घकालीन योजना तय गरिएको छ ।

देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक संघसंस्थाले महाअभियानको रुपमा लिई संग्रहालय निर्माणको सहयोगमा जुटेको संयोजक खम्बुको भनाइ छ । तीन वर्षमा सम्पन्न गर्नेगरी गत वर्षदेखि किरातीको ऐतिहासिक संग्रहालय निर्माण अभियान शुरु गरिएको थियो ।

संग्रह निर्माणका लागि रु दुई करोड बराबरको बृहत् योजना बनाइएकोमा यो वर्ष रु ५५ लाख लागतमा संग्रहालयको एक तला निर्माण सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ । संग्रहालय भवन निर्माणका लागि वडाबाट रु पाँच लाख बजेट यो वर्ष विनियोजन गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

संग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताले स्वस्फुर्तरुपमा बोलकबुलसमेत गरिरहेको जनाइएको छ । ‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथनअनुरुप किरातीको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रित गर्दै निर्माण गरिने संग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुको भनाइ छ ।

दश किरातको प्रतीकस्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई संग्रहालय निर्माण गरिने योजना छ । तीन तले गोलाकार भवनको धुरीमा धातुबाट निर्मित चिण्डोको बर्निङ गजुर राख्ने तथा किराती वास्तुकलाले भरपुर सजाइनेछ । संग्रहालय भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक बनाउने टुंगो लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ३२५ पुग्यो, ८ हजार ८९८ अझै सम्पर्कविहीन

आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपत्पछि प्रभावित र उद्धारकर्मीको मानसिक स्वास्थ्यमा ध्यान, मनोपरामर्श तीव्र

विदेशी भुक्तानी प्रदायकलाई नेपाल भित्र्याउन कानुनी बाटो खुलाउँदै सरकार

प्रधानमन्त्री उद्धार कोषमा १० दिनमा जम्मा भयो साढे ९ अर्ब, पुरानो हिसाब खै ?

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ३२५ पुग्यो, ८ हजार ८९८ अझै सम्पर्कविहीन

काठमाडौंमा ग्यास अभाव हटाउन उद्योगी सक्रिय, बाहिरबाटै सिलिन्डर ‘बोटलिङ’ गरेर ल्याइँदै

आज देशका केही भूभागमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu