ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहेडाँडामा खानेपानी पुगेपछि स्थानीयहरु खुसी


एबीसी / संवाददाता
१३ फाल्गुन २०७९, शनिबार   १० : ०३   बजे

वीरगञ्ज, १३ फागुन । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्साको ठोरी गाउँपालिका १ सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् । ठोरी गाउँपालिकाले कुल सात लाखको लागतमा इनार निर्माण गरी ट्यांकीमा पानी झारेपछि सिंहे डाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन् । गाउँपालिकाले इनारमा पानी तान्ने मोटर लगाई ट्यांकीमा पानी झारेपछि त्यस गाँउका स्थानीयले पानीलाई भोग्नुपरेको समस्याबाट छुटकारा पाएको बताएका छन् ।

“हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ”, स्थानीयवासी दिलबहादुर कुँवरले भने, “खानेपानीको ट्यांकीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छ ।” खानेपानी अभावका कारण बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ थियो । कुँवरले भने, “पहिला यहाँ १८ घरपरिवारको बसोबास थियो, तर खानेपानीकै अभावले केही वर्षअघि नौ घर परिवार त्यहाँबाट विस्थापित भयो”, खानेपानी नपाएर हामी पनि यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका थियौँ, तर अब पानी खान नपाएर मरिन्छ की भन्ने त्रासबाट मुक्ति मिलेको छ”, उनले भने ।

“घर अगाडिको पानी ट्यांकीमा पूजा गरे, धारामा पानी झरेपछि टुटी खोलेर गाग्रीमा पानी थापेपछि असाध्यै खुसीको अनुभूति भएको छ”, खानेपानीका लागि लामो समयसम्म संघर्ष गरेका कुँवरले भने, “अहिले जीवन नै फेरिएको जस्तो महसुस भइरहेको छ ।”

पानीको लागि संघर्ष गरेका स्थानीयको समस्यालाई मध्यनजर गरी इनारबाट ट्यांकीमा पानी ल्याउन सफल भएको ठोरी गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिइन् । “इनारबाट मोटरले पानी तान्न सक्दैन् कि भने चिन्ता थियो”, उपाध्यक्ष रेग्मीले भनिन्, “तर इनारबाट ट्यांकीमा पानी ल्याउन सफल भएका छौँ, अब खानेपानीकै कारण बस्ती विस्थापन हुन्छ की भन्ने अवस्था फेरिएको छ”, निर्वाचित भएदेखि नै सो बस्तीमा पानी पुर्‍याउने आफ्नो चाहना थियो र त्यो सफल भएपछि सुखीको अनुभूति भइरहेको उपाध्यक्ष रेग्मीको भनाइ छ ।

सो क्षेत्रका जनतालाई खानेपानी, स्वास्थ्य र शिक्षालगायतका सबै सुविधा पुर्‍याउने योजनाका साथ अघि बढेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । सिंहेडाँडा, तीनघरे होमस्टेलगायतको त्यस क्षेत्रलाई एउटा सुन्दर पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने ठोरी गाउँपालिकाको योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

सर्लाही–४ मा मतदान सुरु भएकै केही समयमा हुलदङ्गा: बसबरियाको जनता माविमा तनाव, मतदान केहीबेर अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group