जनकपुरधाम, १४ फागुन । धनुषामा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषका अनुसार मृत्यु हुनेमा सबैला नगरपालिका अमरखानाका २३ वर्षीय अजयकुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइलकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु हुन पुगेको बताए ।
उक्त दुर्घटनामा सबैला नगरपालिका–७ का जितु ठाकुर बरही र सोही नगरपालिका–५ सुरज मण्डलको अवस्था गम्भीर छ भने सोही दुर्घटनमा घाइते भएका सबैला नगरपालिका–१० का मनोज यादव र रविन्द्र मण्डलको अवस्था भने सामान्य रुहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्