काठमाडौँ, १६ फागुन । राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।
उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि ८ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । तर, उनीहरूले उम्मेदवारी फिर्ता लिने सम्भावना कम छ । दुवै उम्मेदवरीविरूद्ध उजुरी र दाबी विरोध पनि परेको छैन ।
उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्