ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेलका साथीले यसरी सम्झिए राष्ट्रपति पौडेललाई


एबीसी / संवाददाता
२६ फाल्गुन २०७९, शुक्रबार   ६ : ०४   बजे

गण्डकी, २६ फागुन । पञ्चायत विरुद्ध जनमत बढाउन नेपाली कांग्रेसले देशव्यापी अभियान चलाएको थियो । धवलागिरि क्षेत्रमा अभियानको नेतृत्व नेता रामचन्द्र पौडेलले सम्हालेका थिए । पार्टी संगठन विस्तारको जिम्मा पनि उनलाई थियो ।

पार्टी सुदृढीकरणको भूमिगत अभियान लिएर पौडेल बागलुङ र पर्वतका गाउँगाउँ पुगेका थिए । विसं २०४६ को आन्दोलन उत्कर्षमा पुग्नुअघि पौडेल त्यही क्षेत्रमा खटिएका थिए । उनीसँगै अभियानमा सारथी थिए बागलुङका गोविन्द्रप्रसाद शर्मा कँडेल, पर्वतका अर्जुनप्रसाद जोशीलगायत ।

पार्टी कामकै सिलसिलामा पर्वत फलेवासका डिल्लीराज शर्माको घरमा पुगेका बेला पौडेल, कँडेलसहितका नेता पक्राउ परे । उनीहरूलाई पवर्तबाट प्रहरीले बागलुङ कारागार पुर्‍यायो । राज्य विप्लवको अभियोगमा मुद्दा लगाइयो । बाहिर बहुदल प्राप्तिको आन्दोलन चर्किंदै थियो । पौडेललगायत नेताहरू जेलमा थिए ।

“त्यतिबेला रामचन्द्र पौडेलजी र म सँगै आठ महिना बागलुङ जेलमा बस्यौँ, जेलमा अरु साथीहरू पनि थिए”, पूर्वसांसद कँडेलले विगत सम्झिँदै भने, “हामी जेलभित्रै रहेका बेला जनआन्दोलन सफल भयो, बहुदल घोषणा भयो, त्यसपछि हामी रिहा भयौँ ।”

यसरी सँगसँगै जेलजीवन बिताएका पौडेल राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा निर्वाचित हुँदा कँडेल पनि खुसीले गद्गद् छन् । “रामचन्द्रजी राष्ट्रपतिमा चुनिएको खबरले औधी खुसी भएँ, पूरा दिनहरू सम्झिएँ”, कँडेलले भने, “राष्ट्रपतिका लागि उहाँ सुयोग्य पात्र हुनुहुन्छ, उहाँमा चरित्रवान् व्यक्तित्व छ ।”

मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि त्याग, तपस्या गरेको व्यक्तित्वले राष्ट्राध्यक्षको भूमिका पाउनु सबैका लागि गर्वको विषय रहेको उनले बताए । नवनिर्वाचित राष्ट्रपतिले संविधानतः साझा र निष्पक्ष भूमिका खेलेर राष्ट्रलाई अभिभावकत्व दिनेमा कँडेलले विश्वास व्यक्त गरे।

जन्मस्थल तनहुँ भए पनि नवनिर्वाचित राष्ट्रपति पौडेलले भेटका क्रममा आफ्नो कर्मथलो बागलुङ हो भनेर सुनाउने गरेको कँडेलको भनाइ छ । बागलुङसँग नवनिर्वाचित पौडेलको नजिकको साइनो रहेको उनले बताए । पछिल्लो सयम पनि जिल्लामा हुने पार्टी गतिविधिमा पौडेल पुगिरहन्थ्ये ।

“राजनीतिक जीवनमा उहाँले बागलुङ, पर्वत, म्याग्दीलगायत ठाउँमा लामो समय बिताउनुभयो, यहीँबाट जेल पनि पर्नुभयो, उहाँ त्यसबेला निकै सक्रिय हुनुहुन्थ्यो”, कँडेलले भने, “परिवर्तनका सोच भएको, वैचारिकरूपमा सुस्पष्ट र सरल व्यक्तित्वका रूपमा मैले उहाँलाई चिन्दछु ।” बहुदल आएपछि बागलुङ र पर्वतमा औपचारिकरूपमा नेपाली कांग्रेसको जिल्ला पार्टीको गठन पनि पौडेलकै पहलमा भएको थियो । कँडेलले विसं २०४८ को आम चुनावमा पौडेल र आफू सँगसँगै विजयी भएको बताए । पौडेलले तनहुँ–२ र कँडेलले बागलुङ–१ बाट चुनाव लडेका थिए ।

गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागलुङका निवर्तमान सभापति दीपेन्द्रबहादुर थापाले बागलुङमा प्रजातान्त्रिक आन्दोलनको माहोल सिर्जना गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “पञ्चायत विरुद्ध गतिविधि गरेको आरोपमा पर्वतबाट गिरफ्तारीमा पर्नुभयो, उहाँ जेलमै रहेका बेला आन्दोलन सफल भयो, जेलबाट छुटेपछि बागलुङमै भएको विजयोत्सवमा उहाँ सहभागी हुनुभएको थियो”, थापाले भने, “राजनीतिक दल खोल्न र गतिविधि गर्न बन्देज लागेका बेला पौडेल सक्रियतापूर्वक अभियानमा होमिनुभएको थियो ।”

पौडेल स्थानीय विकासमन्त्री हुँदा विश्व बैंकको सहयोगमा बागलुङ–बुर्तिबाङ र बागलुङ–कुश्मिसेरा कृषि सडक निर्माण सुरु भएको थियो । ती सडकले अहिले राजमार्गको स्वरुप लिएका छन् । विकास निर्माणका काममा पुर्‍याएको योगदानका लागि पनि नवनिर्वाचित राष्ट्रपति पौडेललाई बागलुङवासीले सम्झिने गर्छन् । तनहुँको व्यास–८ रिस्तीमा जन्मिएका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेल राष्ट्रपति चुनिएपछि गृह जिल्ला तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा खुसियाली मनाइएको छ । व्यास–३ स्थित अनसन चौतारीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको थियो । राष्ट्रपति पौडेल तनहुँ–१ बाट गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

RSS Chief’s US Visit Sparks Protests Over Hindu Nationalist Ideology

China and Egypt Deepen Strategic Partnership Across Multiple Sectors

Top CPC Official Urges Enhanced Theoretical Grounding for Government Officials

China Mobilizes Massive Rescue Effort After Deadly Mudslide at Gyirong Port

Chinese-Funded Plant Boosts Kyrgyzstan’s Green Energy Efforts

Divided Korea: A Sister’s Decades-Long Wait and a Son’s Perilous Journey

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu