काठमाडौँ, २६ फागुन । राष्ट्रपति पदका नेकपा (एमाले) उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् ।
शुक्रबार निर्वाचन आयोगमा बुझाएको उनको खर्च विवरणअनुसार नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् ।
जसमध्ये प्रचार प्रसार, छापा एवम् विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख छ ।
नेम्वाङका तर्फबाट उनका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन् ।
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्