काठमाडौँ, २७ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान र कानुनको रूप र सार हेरेर निर्णय गर्नुपर्ने बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले सो कुरा बताएका हुन् । “हाम्रो समावेशी संविधानमा प्रमुख पदहरूमा माथिदेखि तलसम्म लैंगिक र जातीय समावेशित कायम गर्ने स्पिरिट हो । अतः उपराष्ट्रपतिको चयनमा नचुकौँ,” उनले खेलेका छन् ।
आफ्नो निजी/दलगत स्वार्थ हेरेर व्याख्या /निर्णय गर्नु लोकतन्त्रको हितमा नहुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्