ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशमा संघीयता पक्षधर भएकाले काम गर्न सजिलो छ : मुख्यमन्त्री यादव


एबीसी / संवाददाता
२७ फाल्गुन २०७९, शनिबार   ९ : १२   बजे

काठमाडौँ, २७ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजामती कर्मचारी र प्रहरी समायोजन भएको खण्डमा प्रदेश सरकार पूर्वाधार निर्माणलगायत सबै काम गर्न सक्षम रहेको दाबी गरेका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे जिज्ञासामा उनले कर्मचारी र प्रहरी समायोजन भएपछि सम्पूर्ण पूर्वाधार निर्माण र सबै विकासका काम गर्न प्रदेश सरकार सक्षम हुने बताए ।

मुख्यमन्त्री यादवले भने, “सबैभन्दा पहिला काम गर्ने जनशक्ति हुनुपर्‍यो । बिना कर्मचारी मन्त्री र मुख्यमन्त्री भएर मात्रै केही गर्न सकिन्न । केन्द्रीय सरकारसँग यही अनुरोध छ, निजामती र प्रहरी समायोजन गरिदिनुस् ।”

प्रदेश सरकार पूर्णरुपमा ‘फङसन’मा आएपछि देशमा विकासको गति धेरै अगाडि बढ्ने उल्लेख गर्दै उनले संघीय सरकारसँग त्यसका लागि निजामती ऐन तुरुन्तै पास गरेर कार्यान्वयनमा ल्याउन सुझाव दिए ।

प्रदेशका पूर्वसभामुखसहित रहेका यादवले भने, “शान्ति सुरक्षा र भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश प्रहरी पनि समायोजन गर्नुपर्छ । बिना प्रहरी र प्रशासनको सरकार चल्न सक्दैन ।” तीन तहको सरकारमध्ये सबैभन्दा समस्या प्रदेश सरकारले नै झेल्नुपरेको बताउँदै उनले मुलुक संघीय संरचनामा प्रवेश गरेपछि भौतिक संरचनाको अभावमा प्रदेश सरकार र सभाका नेतृत्वले नै आफूलाई चाहिने कुर्सी र टेबल किनेर कार्यालय सञ्चालन गर्नुपरेको घटना सुनाए ।

मुख्यमन्त्री यादवले भने, “संघ र स्थानीय तहमा पहिले नै संरचना भएकाले कुनै खास चुनौती झेल्नुपरेन, तर प्रदेशमा भने कुनै पनि भौतिक संरचना थिएन । आफूलाई चाहिने सामान आफैँले जोहो गरेर कार्यालय सञ्चालन गर्नुपर्ने परिस्थितिको सामना गरियो ।” एउटा बच्चाले बाह्रखरीबाट आफ्नो पढाइ सुरु गरेजस्तै प्रदेशसभाको जग पनि त्यसरी नै अघि बढेको घटना सुनाउँदै उनले प्रदेशमा कर्मचारीको ठूलो अभाव भएकाले सरकार र जनताले दुःख झेल्न परिरहेको उल्लेख गरे ।

विगतमा प्रदेश सभामुखको जिम्मेवारी आफूले तटस्थ र निष्पक्ष भएर प्रमाणित गरिसकेको बताउँदै उनले त्यसैको परिणाम सात प्रदेशमध्ये सबैभन्दा सहजरुपले मधेस प्रदेशकै सदन नियमित र सहजरुपमा सञ्चालन गर्न सफल भएको जानकारी दिए ।

मधेस प्रदेशले पाँच वर्षमा ५५ वटा विधेयक मात्र नभई सरकारको वार्षिक बजेटसमेत सर्वसम्मतिले पारित गरेको थियो । पूर्वसभामुख यादवले भने, “केन्द्रका दलका नेताको मनमा जे भए पनि मधेस प्रदेशका सबै राजनीतिक दल संघीयताको पक्षधर नै हुनुहुन्छ । त्यसले गर्दा मलाई काम गर्न पनि त्यहाँ सजिलो भएको छ ।” प्रदेशको अभ्याससँगै विकास निर्माण र सेवाको क्षेत्रमा निकै उपलब्धि हासिल भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले विभिन्न ऐन तर्जूमादेखि विश्वविद्यालय स्थापनासम्मका धेरै काम भएको चर्चा गरे ।

यसैबीच, मधेस प्रदेशको समाजिक विकासमन्त्री सुरिताकुमारी साहले विगतमा संघीयतामार्फत विकास र समृद्धिका मुद्दा उठाएर लडेकाले अहिले त्यो अभियानमा क्रियाशील र अग्रसर भइरहेको बताए । उनले भने, “मुलुकमा शासन व्यवस्था बदलीए पनि कर्मचारीको काम गर्ने तरिका परिवर्तन हुन सकेको छैन, सेवाग्राहीमैत्री हुनुपर्नेमा त्यो देखिन्न । उहाँहरुलाई पनि परिवर्तनसँगै संघीयताको भावना र मूल मर्मसँग ढाल्नुपर्छ ।”

संघीयताको भावनाअनुरुप प्रदेशलाई अघि बढाउने सन्दर्भमा कानुनको अभावले काम गर्न असजिलो भइरहेको बताउँदै उनले केन्द्रले समयमा कानुन बनाउन नसक्दा प्रदेशका गतिविधिलाई चलायमान तुल्याउन चुनौती खडा भइरहेको उल्लेख गरे । मन्त्री साहले भने, “प्रदेशको मर्मअनुसार विकास र समृद्धिका काम गरिरहेका छौँ, बिना विकास जनताले निर्वाचनमा एउटै मान्छेलाई दोहोर्‍याएर मतदान गर्दैन, मैले दुई पटक प्रदेशमा चुनाव जितिसकेको छु । केन्द्र र स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त गर्न हामीलाई कठिनाइ भइरहेको छ ।” प्रदेशबाट विकासका काम प्रभावकारीरुपमा अघि बढिरहेको बताउँदै उनले मधेसका जनताले स्वास्थ्य, शिक्षा, सिंचाइ, मलको मागसम्बन्धी मुद्दा उठाउँदै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Divided Korea: A Sister’s Decades-Long Wait and a Son’s Perilous Journey

Israeli Strikes Kill Two, Target Medical Facilities in Escalating Gaza Violence

Russian Strike on Kyiv Munitions Warehouse Kills At Least 37

Zimbabwe Minibus Crash Kills At Least 27 Church Members

Hospital Fires Expose Neglect of Public Safety in India and Pakistan

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu