काठमाडौँ, २७ फागुन । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउनका लागि सचिवालय बैठक जारी रहेको हो ।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि एमालेले सचिवालय बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्