काठमाडौँ, २७ फागुन । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ ९ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएको हो । सो बैठकले उपराष्ट्रपतिको उम्मेदवार चयन गर्ने छ ।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेभित्र उम्मेदवारको मनोनयनको लागि समयसीमा तोकेपछि गठबन्धनले बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो ।
गठबन्धन आवद्ध दलमध्ये जनता समाजवादी पार्टी नेपालले रामसहाय यादव, नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका छन् ।
निर्वाचन आयोगले पुरुषलाई उम्मेदवार बनाउन नसकिने भने पछि गठबन्धन आबद्ध दलले नयाँ उम्मेदवार तय गर्ने कि साना दलले निर्णयलाई सदर गर्ने भन्ने बारेमा निर्णय लिनेछन् ।
प्रतिक्रिया दिनुहोस्