काठमाडौँ, २८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ ।
सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरू (डा.सिके राउत, महन्थ ठाकुर र रञ्जिता श्रेष्ठ)ले हस्ताक्षर गरेका छन् । तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरूद्ध मोर्चाबन्दीको सन्देश दिएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । उपराष्ट्रपतिमा उम्मेदवार बनाएको ममता झालाई यी तीनै दलले समर्थन गरेका छन् । सो समर्थनपछि आगामी दिनमा कार्यगत एकता गर्ने निर्णय भएको छ ।
तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ, “लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवम् नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ ।”
प्रतिक्रिया दिनुहोस्