काठमाडौँ, २८ फागुन । आसन्न स्वत्रन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिबार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा सो संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
उनले सार्वजनिक गरेको सूचीअनुसार उल्लेखित कलेजमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध विजयी भएका छन् ।
अखिल क्रान्तिकारीका विजयी उम्मेदवार
१. सन्तोष आचार्य– सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला
२. किरण विश्वकर्मा– स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम
३. वीरभान भण्डारी–सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम
४. निराजन केसी– सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम
५. मनसुर कार्की– चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु
६. अजय बिष्ट– बन्गाड क्याम्पस, सल्यान
७. वरुण न्यौपाने– फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यान
८. रनचन्द्र शाही– लिकु संयुक्त क्याम्पस, डोल्पा
९. जागेश्वर थापा– जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस
१०. सन्जोग श्रेष्ठ– गुराँस बहुमुखी क्याम्पस, बर्दिया
११. प्रभा पौडेल– चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी
१२. विज्ञान दोर्जे बल– मरिण बहुमुखी क्याम्पस, सिन्धुली
१३. विनिता न्यौपाने– सुनकोसी क्याम्पस, सिन्धुली
१४. गोविन्द पहाडी– शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली
१५. विष्णु पाण्डे– गोरखा क्याम्पस, गोरखा
१६. लक्ष्मण घिसिङ– कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक
१७. अमृत श्रेष्ठ– चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक
१८. सीता तिमल्सिना– नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ
प्रतिक्रिया दिनुहोस्