काठमाडौँ, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । पौडेलले शपथग्रहण शीतल निवासमै लिनेछन् ।
उनलाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले नेकपा (एमाले) उपाध्क्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका थिए ।
संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए ।
नेम्वाङले संघतर्फ ७ हजार ७४२ र प्रदेशतर्फ ७ हजार ७७६ गरी कुल १५ हजार ५१८ मतभार पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्