काठमाडौँ, २९ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
नेता खनालाई भेट्न विप्लव डल्लुस्थित निवासमा पुगेका हुन् । छलफलमा विप्लवको साथमा नेकपाका नेता खड्गबादुर विश्वकर्मा पनि थिए ।
करिब २ घन्टा चलेको छलफलमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफलका साथै कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी हावी हुँदै गएको भन्दै चिन्ता जनाइएको बताइएको छ ।
आगामी दिनमा सबै वामपन्थीबीच वाम एकताको सम्भावनाको बारेमा पनि छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्