ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको छ : सभामुख घिमिरे


एबीसी / संवाददाता
३० फाल्गुन २०७९, मंगलबार   ६ : ०५   बजे

काठमाडौँ, ३० फागुन । सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् ।

अन्तर व्यवस्थापिका संघ (आइपियु)को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा सोमबार साँझ सम्बोधन गर्दै उनले भने, “असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको शिक्षामा आधारित छन् ।”

उनले नेपालको संघीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताएको उनको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा समाजिक समावेशीकरणका माध्यमबाट नागरिकलाई एकताको सूत्रमा आबद्ध गराएको बताए ।

सभामुख घिमिरेले भने, “हाम्रो संसद्ले राज्यव्यवस्था र शासन प्रणालीमा नै परिवर्तन ल्याएको छ, अर्कोतर्फ नागरिकका मुद्दामा सरकारलाई जवाफदेही बनाउँदै संसदीय गतिविधि गर्दै आएको छ ।”

उनले संसद् मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएको र नागरिकको सर्वभौमसत्ताको प्रयोग गर्ने मूल थलो भएको प्रष्ट पारे । उनले भने, “संसद्‌मा जनताका प्रतिनिधि निश्चित अवधिका लागि चुनिने गर्दछन्, हरेक मुलुकको आफ्नो अनुभवका आधारमा आफ्नै मौलिक संसदीय शासन प्रणाली विकास गरेका छन्, एकअर्काका अभ्यास र सिकाइले संसदीय व्यवस्थालाई प्रभावकारी र बलियो बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”

विश्वका विकासशील देशहरूले निरन्तरूपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा असमानताको महसुस गरिरहेको र ती चुनौती रहँदासम्म नाम सदस्य राष्ट्रले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group