काठमाडौँ, ३० फागुन । चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा उम्मेदवार बन्ने भएका छन् ।
जनमोर्चाको केन्द्रीय कमिटी बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी जनमोर्चाका उपाध्यक्ष हुन् ।
चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।
गत मंसिर ४ गते भएको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यससँगै जनमोर्चाले महासचिव मनोज भट्टको नेतृत्व्मा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । २५ सदस्यीय निर्वाचन परिचालन समितिले उपनिर्वाचनमा व्यवस्थित रूपमा प्रचारप्रसार गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्