काठमाडौँ, ३० फागुन । काठमाडौँको मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।
मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो ।
शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई अगाडि बढाइरहेको बेला सो अस्पतालले आठौँ र नवौँ तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ ।
यसैगरी अस्पतालले ७औँ तहको नर्सिङ सुपरभाइजर १ जना, ६औँ तहका सिष्टर ४ जना, पाँचौँ तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौँ तह १ जना, फार्मेसी सहायक पाँचौँ तह ३ जना माग गरेको छ ।
यसैगरी, अस्पतालले ७औँ तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १ जना, ७औँ तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्