ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्


एबीसी न्यूज
१७ बैशाख २०८०, आइतबार   १ : १७   बजे

काठमाडौं, १७ बैशाख । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् ।

वीरगञ्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिई फरार भएका छन् । सहकारीमा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवालगायतका क्षेत्रका बचतकर्ताले बचत गर्दै आएका थिए ।

आफूले बचत गरेको रकम लिएर सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् । यस विषयमा वीरगञ्ज महानगरपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए पनि आफूहरुले न्याय नपाएको बचतकर्ताको गुनासो छ ।

“हामीले सहकारी संस्थाका पदाधिकारी बचत रकम लिई फरार भएको विषयमा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्सामा गत २०७९ चैत ८ गते नै जाहेरी दियौँ”, वीरगञ्ज रानीघाटका बचतकर्ता कुन्दनकुमार गुप्ताले भन्नुभयो, “तर अहिलेसम्म सहकारी संस्थाका कुनै पनि पदाधिकारी तथा कर्मचारी पक्राउ पर्न सकेका छैनन्, जसका कारण हाम्रो पैसा फिर्ता आउने कुनै सुनिश्चिता छैन ।”

सहकारी सञ्चालक फरार भएको सन्दर्भमा उजुरी लिएर प्रहरीमा जाँदा महानगरपालिकामा जानु भन्छ, महानगर पुग्दा प्रहरीमै निवेदन दिनुस् भनिरहेको उहाँको गुनासो छ । “दुःख गरेर भविष्यको सपना बुनेर बचत गरेको रकम लिएर सहकारी सञ्चालक फरार भएपछि जमिन नै भाँसिएको महसुस भइरहेको छ”, प्रियान्सुकुमार गुप्ताले भन्नुभयो, “बचत रकम डुब्दा यतिबेला न खाना खान मन लाग्छ, न कोहीसँग बोल्न पनि मन मान्दैन ।” जतिबेला पनि चिन्ताले सताइरहेको छ, उहाँले दुःखेसो पोख्नुभयो । उहाँले सहकारीमा रु २० लाख बचत गनुभएको छ ।

“करिब तीन–चार महिनादेखि नै सहकारीमा शङ्कास्पदरूपमा कार्य भइरहेको थाहा पाएपछि बचत भएको रु १० लाख रकम झिक्न सहकारीमा गएको थिएँ”, लिलमदेवी दासले भन्नुभयो, “कोषाध्यक्ष साहले बचत फिर्ता पाउनुहुन्छ हामी भाग्ने होइन भन्दै विश्वास दिलाउनुभयो । अहिले उहाँहरु सम्पर्कमा हुनुहुन्न ।”

सहकारीका सञ्चालक फरार भएको भन्दै १० जना पीडित बचतकर्ता निवेदन लिएर महानगरपालिका आएको र पीडितलाई न्याय दिलाउन कसरी अघि बढ्नेमा आफूहरू पनि अन्योलमा रहेको वीरगञ्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो ।

“सर्वसाधारणको रकम डुब्दा हामी अत्यन्तै दुःखी छौँ”, प्रमुख कर्णले भन्नुभयो, “तर हामीसँग न त प्रहरी छ, न फरार भएकालाई खोजी गर्ने कुनै उपाय छ, त्यसैले हामी पीडितको निवदेनसहित जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाइदिएका छौँ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितबाट जाहेरी आएदेखि नै सहकारीका फरार सञ्चालकको खोजी भइरहेको जानकारी दिनुभयो । पीडितको जाहेरी सन्दर्भमा के सम्बन्धी मुद्दा प्रभावकारी हुनसक्छ त्यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग पनि छलफल भइरहेको जानकारी दिनुहुँदै प्रहरी नायब उपरीक्षक गिरीले सरकारी वकिलसँग सल्लाह लिएर मुद्दा अघि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group