काठमाडौं , १९ माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि सार्वजनिक गरेका छन् । श्रेष्ठले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको समय कुटनीतिक र राजनीतिक अभ्यास अनुकूल नभएको निश्कर्ष सार्वजनिक गरेका छन् ।
शुक्रबार बिहान सामाजिक संजाल ट्वीट गर्दै भने ‘सुष्मा स्वराजको नेपाल भ्रमण सामान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकूल छैन्,ट्वीटरमार्फत उनले भनेका छन्,‘तर उहाँलाई हामीले स्वागत गरेका छौं र भ्रमण फलदायी बनाउन कामना र कोसिस गरेका छौं।’
वरिष्ठ नेता श्रेष्ठले महत्व दिएर लेखेका छन् ‘हामीले आफ्नो प्रतिष्ठा कायम गरी राष्ट्रिय स्वार्थमा केन्द्रीत हुनुपर्छ।’
पछिल्लो समय श्रेष्ठले भारत र वाम गठवन्धनको विकासप्रति विवादित धारणा सार्वजनिक गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्