ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभाको पहिलो बैठक, आज चारवटा प्रदेशमा कसरी हुदैछ तयारी


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   १० : २४   बजे

काठमाडौं, २१ माघ । देशमा तीन चरणको निर्वाचन पछि आज चार ओटा प्रदेशमा पहिलो चरणको बैठक वस्दै छ । सात ओटा प्रदेश मध्य प्रदेश नम्बर २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बस्न छ ।
आज बैठकमा मुख्य तीनओटा एजेण्ड प्रस्तुत गरिने छ जसमध्य प्रदेश प्रमुखको पत्र वाचन, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधी पारित र सभामुखको चुनावको मिति तय गर्नु रहेको छ । बैठकमा सभामुख चयन भइनसकेकाले ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता रहने छ । बैठकमा सवै दलका तर्फबाट एकएक जना सदस्य र स्वतन्त्र सांसदले आफ्ना धारणा राख्नेछन् ।
कुन प्रदेशमा कस्तो छ तयारी
प्रदेश नंं २
बैठक आइतबार दिनको ११ बजे शैक्षिक तालीम केन्द्र जनकपुरधाममा स्थापना गरिएको प्रदेशसभा भवनमा बस्ने भएको छ ।
प्रदेश नं २ को प्रदेशसभाको सभामुखको चुनाव फागुन २ गते हुने भएको छ । सर्वदलीय बैठकले मस्यौदाको कार्यसूचीलाई सर्वसम्मतिबाट अनुमोदन गरी मिति निर्धारण गरेको हो ।

 

कार्यव्यवस्था परामर्श समितिको माघ २९ गते बिहान ८ बजे बस्ने बैठकले सभामुखको निर्वाचन तालिका निर्धारण गरी सोही दिन १ बजे बस्ने प्रदेशसभाको बैठकमा सो तालिका प्रस्तुत गरिने बताइएको छ ।
बैठकले प्रदेशसभा सदस्य, सभामुख, कर्मचारी, मर्यादापालकका पोशाक, सिट निर्धारण, अध्यक्ष मण्डलको मनोनयन, सभाको अन्तरिम कार्यविधिको मस्यौदा कार्यसूचीलाई अनुमोदन गरेको छ ।

प्रदेश नं. ५

पाँच नम्बर प्रदेशसभाको बैठक बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बस्दै छ । दिउँसो १ बजे सुरु हुने बैठकको सबै तयारी पूरा भएको छ ।
सभामुखको कुर्सी, रोष्टम, सांसदहरुलाई बस्ने कुर्सी, आगन्तुकलाई राख्ने कुर्सी सबै तयार भएका छन् ।

 

भवनभित्र तीन लाइनमा कुर्सी राखिएको छ । जहाँ एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, फोरम र राजपाका सांसद क्रमशः बस्नेछन ।
बैठकमा समामुखले प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, दलीय अधारमा प्रदेश सभा सदस्यहरुले आफ्नो मन्तव्य राख्ने, अन्तरिम कार्यविधि पारित गर्ने लगायतको कार्यसूचि रहेको छ ।
दलहरुबीच सभामुखको चुनाव माघ २८ गते गर्ने सहमति भएकाले आजको बैठकले माघ २८ गते सभामुखको मिती तोक्ने छ । आजको बैठकको अध्यक्षता जेष्ठ सदस्य ८० बर्षिय बलदेव शर्मा पोखरेलले गर्न् तय भएको छ ।

प्रदेश नं ६
प्रदेश सभाको बैठक वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभा हलमा बैठक बस्दै छ ।

आज दिउँसो १ बजे शुरु हुने बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाइने, शहीदप्रति श्रद्धान्जलि व्यक्त गरिने, सभाअध्यक्षसहित प्रदेश संसद्मा प्रतिनिधित्व गरेका पार्टीका एक–एक सदस्यले मन्तव्य राख्ने, अन्तरिम कार्यविधि तय गरिने र सभामुखको निर्वाचनको मिति तोकिने कार्यसूची तय गरिएको छ ।

बैठकमा पत्रकारको प्रवेशका लागि संसद् सचिवालयले परिचयपत्रको व्यवस्था गरेको छ भने पत्रकारलाई मर्यादित पोशाक लगाउन आग्रह गरिएको छ ।

प्रदेश नंं ७

प्रदेशसभा बैठक कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा बस्दै छ ।
बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो ।
प्रदेशसभा बैठकस्थलमा ३० जना मर्यादापालक परिचालन गरिने छन् । प्रहरी निरीक्षकको नेतृत्वमा खटिने मर्यादापालकले आवश्यक तालीमसमेत लिइसकेका छन् । त्यसका साथै बैठकस्थल बाहिर नेपाल प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा चारवटा कार्यसूची रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ । पहिलो बैठकको ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group