जनकपुर,२१ माघ। सधैं सफा र चिटिक्क परेर संसद परिसरमा खटिने मर्यादापालकहरुलाई सभाको सुरक्षा मात्र होइन, शोभाका रुपमा समेत लिइन्छ ।
नेपालको संसदीय अभ्यासमा पुरुषले सेतो दौरासुरुवालमाथि कालो कोट र भादगाउँले टोपी लगाउँछन् भने महिला मर्यादापालकले रातो पारी भएको सेतो सारीमा कालो कोट लगाउँछन् ।
आज चार ओटा प्रदेशमा भएका बैठक मध्य प्रदेशसभा २ को पहिलो बैठक स्थलमा फरक दृश्य रहेको छ । पुरुष मर्यादापालकहरु कोही स्वीटर लगाएका छन् त कोही ज्याकेटमा छन् । महिलाहरु भने कुर्था सुरुवालमा छन् । त्यहाँ कुनै एकरुपता छैन । मर्यादापालक हुन् कि अरु नै कोही हुन् भनेर छुट्टाउन मुस्किल रहेको छ । ‘मर्यादापालक प्रदेश २ जनकपुरधाम’ लेखिएको ब्याच दिएको ब्याचको आधारमा उनिहरु मर्यादापालक हुन भन्न सकिन्छ ।
नयाँ संविधानअनुसार सात प्रदेशमा प्रदेशसभा गठन गरेर त्यसको प्रारम्भिक अभ्यास सुरु हुँदैछ । प्रदेश २ ले पहिलो बैठकअघि नै सर्बदलीय बैठकबाट मर्यादापालकको दौरा सुरुवाल अस्वीकार गर्दा यो अवस्था आएको हो ।
प्रतिक्रिया दिनुहोस्