बुटबल,२१ माघ । बुटबल । प्रदेश नं ५ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छ। जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलबाट प्रदेश प्रमुखको पत्र पढेर बैठक सुरू भएको जानकारी गराउनु भएको छ ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ । सबैभन्दा पहिले नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले संवोधन गरेका छन् । प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ ।
आइतबारकै बैठकमा सभामुखले प्रदेश ५ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् । उक्त प्रस्ताव आइतबार नै पारित गरेर सभामुखको निर्वाचनको मिति पनि तोक्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्