ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. ६ को पहिलो बैठक सकियो , माघ २९ मा सभामुखको निर्वाचन , बैठक मा कस्ले के -के भने ?


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   ३ : ४४   बजे

 

सुर्खेत, २१ माघ । सुर्खेत । प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै सकिएको छ। सिंचाइ डिभिजन कार्यालयको सभाहलमा आइतबार दिउँसो १ बजे बसेको बैठकमा तीन विषयमाथि छलफल गर्ने कार्यसूची अनुसार संसदको कारबाही अघि बढेको थियो।

 

संसद् बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वक्ताहरुको विषयमा कार्यसूची अनुसार बैठक अघि बढेको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।कार्यसूची अनुसार बैठकले सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको हो। प्रदेश ६ मा ४० जना सांसद छन्।
प्रदेश ६ का प्रदेश सांसदहरुले आफ्नैै कारण यो प्रदेश पछाडि परेको स्वीकार गर्दै भौगोलिक विकटता चुनौतीपूर्ण रहको बताएका छन् ।

बैठकमा बोल्ने ४ दलका प्रदेश सांसदहरुले अब राज्यव्यवस्था पनि परिवर्तन भइसकेको भन्दै अब प्रदेशका स्रोत र साधनको प्रयोग गरेर प्रदेश समृद्धिको बाटोमा लाग्ने बताएका छन् ।

भोक, रोग र शोकमा रहेको सबैभन्दा गरीब प्रदेशको प्रतिनिधित्व गर्नु चुनौतिपूर्ण भए पनि अब समृद्ध प्रदेश बनाउनुपर्ने अभिभारा आफूहरुमा आएकाले गरीब प्रदेशको परिचय मेटाउनुपर्ने बताएका छन् ।

महेन्द्रबहादुर शाही
यो जनताको आन्दोलनबाट प्राप्त प्रदेश हो । कान्छो प्रदेश हो । यो क्षेत्र अगाडि बढ्न नसक्नेको मुख्य दोषी राज्य व्यवस्था थियो । परिवर्तनविना हामी केही गर्न सक्दैनौं भन्यौं ।

व्यवस्था परिवर्तन भयो । यो हाम्रा लागि ठूलो उपलब्धी हो । अबको बाटो विकास र समृद्धिको हो ।
तर, अब हामी गरीब हुनुपर्ने र पछि पर्नुपर्ने कारण छैन । प्रदेशको समृद्धिका लागि सबै एक भएर अगाडि बढौं । अरुलाई गाली गरेर यो प्रदेश बनाउन सकिँदैन । हामी हाम्रै कारणले पछि परेका हौं । अब सबै मिलेर प्रदेशको समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता छ ।

यामलाल कँडेल
यो प्रदेश जनताको आन्दोलनबाट प्राप्त प्रदेश हो । जनताको र हाम्रो चाहना थियो । बाँके र बर्दिया नछुटेको भए हुन्थ्यो ।
सामान्य सिटामोल खान नपाएर जीवन बिताउनु पर्ने अवस्था छ । यो अवस्थामा हामीले जिम्मा पाएका छौं । तर, हामीले प्राप्त गरेको प्रदेशमा अरुको भन्दा सम्भावना कम छैनन् ।

जीवनबहादुर शाही
यो प्रदेश आज पनि सबैभन्दा पछाडि छ । सबैभन्दा गरीब छ । यस्ता रिपोर्ट आइरहेको छ । हामी किन गरीब भयौं ? यसको खोजी गर्ने र समृद्ध प्रदेश बनाउने जिम्मा हाम्रो हो । हामीले नै अब प्रदेशको जिम्मा लिनु पर्छ । यहाँको जल,जमिन, जडिबुटी लगायतका स्रोतसाधनको प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । भाषणमा होइन काम गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

सम्बन्धित

ग्यास अभावदेखि संसद्को तनावसम्म : वर्षमान पुनले सरकारमाथि उठाए गम्भीर प्रश्न

५० लाख भुक्तानी नदिएको आरोपमा जनकपुर रिफाइनरीका सञ्चालकसहित चारजनाविरुद्ध ठगी मुद्दा

खोर भरिएपछि चितवनबाट पर्सा पठाइयो नियन्त्रणमा लिइएको बाघ

भदौ ९ देखि नाडा अटो शो, ५३ ब्रान्डका गाडी र नयाँ प्रविधि एउटै छानामुनि

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको दबदबा, ६ दिनमै ३०० भन्दा बढी गाडी बुकिङ

सहसचिव मदन दहाललाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu