ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सय किलो सुन तस्करीका नाइके दावाले प्रहरी र चिनियाँ सुन तस्कर दुवैतिर दिन्थे सूचना


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   ७ : २८   बजे

काठमाडौं, २४ साउन । सय किलो सुन तस्करीको मुख्य नाइकेको आरोपमा हिरासतमा रहेका बेल्जियमका नागरिक दावा छिरिङ डबल एजेन्ट रहेको खुलेको छ। एक विश्वस्त स्रोतबाट प्राप्त गरेको जानकारीमा उनले आफू निकट चिनियाँ आपराधिक समूहका लागि सहजीकरण गर्ने र आफ्ना विरोधी समूहको विरुद्धमा प्रहरीमा सुराकी दिने गरेको खुलेको हो।स्रोतका अनुसार उनले नेपालमा बसेर वन्यजन्तु, विदेशी मुद्रा, साइबर अपराध र सुन तस्करीमा संलग्न चिनियाँहरूबारे प्रहरीलाई सूचना दिने गर्थे।उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरूलाई यस्तो सूचना दिने गरेको स्रोतको दाबी छ।

‘दावाले सीआईबीका केही अधिकारीका लागि सुराकीको काम गर्दै आएका थिए,’ स्रोतले भन्यो, ‘उनको सूचनाको आधारमा चिनियाँ अपराधीहरू पक्राउ पनि परेका छन्। सुन तस्करीमा पक्राउ परेपछि उनले डबल एजेन्टको रूपमा काम गरेको देखियो।’यसबारे सीआईबीका केही पूर्व प्रमुखहरूसँग एक संचारकर्मीले जानकारी लिएका थिए । त्यस क्रममा धिरजप्रताप सिंहबाट यसको पुष्टि भयो। सिंह सीआईबी प्रमुख हुँदै प्रहरी महानिरीक्षकबाट अवकाश पाएका प्रहरी अधिकारी हुन्।उनले आफू सीआईबी प्रमुख हुँदा दावा भेट्न आएको र उनले बेला–बेलामा चिनियाँ नागरिकबारे प्रहरीलाई सूचना दिने गरेको पुष्टि गरेका छन् । यसअघि केही नेपाली र भारतीय आपराधिक व्यक्तिहरू समेत यस्तै डबल एजेन्ट रहेको खुलेको थियो। उनीहरूले आफ्नो विरोधी समूहबारे प्रहरीलाई सूचना दिएर पक्राउ गराउने अनि आफ्नो समूहलाई सहजीकरण गर्ने गरेको पुष्टि भएको थियो। त्यसमध्ये एक थिए इल्ताफ हुसेन अन्सारी। उनी बाराका हुन्। नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेका उनी भारतीय सुरक्षा निकायको मोस्ट वान्टेड सूचीमा थिए।

नक्कली भारतीय रूपैयाँको कारोबारको आरोपमा उनी पक्राउ परेपछि उनले प्रहरीका लागि सुराकीको काम समेत गर्ने गरेको खुलेको थियो। मुख्यतः उनको सम्बन्ध बारा क्षेत्रमा काम गरेका प्रहरी अधिकारीहरूसँग निकट देखिएको थियो। आफ्नो विरोधी समूहले नक्कली भारतीय रूपैयाँ लगायतका गतिविधिबारे प्रहरीलाई सूचना दिएर विश्वासमा लिएर उनले आफ्नो समूहलाई परिचालन गर्ने गरेको पक्राउपछि खुलेको थियो। यति मात्रै हैन उनी पाकिस्तानी खुफिया एजेन्सी र भारतीय खुफिया एजेन्सीका व्यक्तिहरूसँग समेत एकैपटक सम्पर्कमा बसेर दुवैका लागि काम गर्ने गरेको खुलेको थियो। उनी पछि १५ किलो अवैध सुनचाँदीको घटनामा समेत पक्राउ परेका थिए। इल्ताफलाई जाली भारतीय रूपैयाँको अर्को मुख्य योजनाकार युनुस अन्सारीको उत्तराधिकारीको रूपमा सुरक्षा निकायले सूचीकृत गरेको थियो। अहिले इल्ताफ र युनुस दुवै कारागारमा छन्। दावाको श्रीमतीको नाममा होटेल भियना सञ्चालनमा छ। उनले सोही होटेलबाट आपराधिक गिरोह चलाउँदै आएको अनुसन्धानमा खुलेको तथ्यहरूले देखाएको अनुसन्धानरत स्रोत दाबी गर्छ। नेपालमा बस्दै आएका तिब्बती मूलका दावाले नेपाली युवतीसँग विवाह गरेका छन्। उनको साथमा बेल्जियमको राहदानीसँगै नेपाली राहदानी र नेपाली पासपोर्टसमेत रहेको पुष्टि भएको छ। उनले २०७४ पुस २० गते काभ्रेको नमोबुद्ध(११ ठेगाना राखेर नागरिकता र राहदानी लिएका थिए। २०१८ अगस्ट १५ मा बेल्जियम राहदानी निकालेको उनको राहदानीको म्याद २०२५ सम्म छ। उनले काभ्रेबाट वंशजको आधारमा नागरिकता र राहदानी बनाएको खुल्छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले यसबारे जानकारी पाए पनि अनुसन्धान प्रक्रिया भने अगाडि बढाएन।

उनले अर्का चिनियाँ नागरिक बिङचिङ देङको नाममा समेत काभ्रेबाटै नेपाली नागरिकता र राहदानी बनाइदिएको पुष्टि भएको छ। उनले नेपाली नाम तेन्जिङ गुरुङ राखेका छन्। राहदानीमा उनको नेपाली नागरिकताको नम्बर ११००४२५ देखिन्छ। उनको नाममा नेपाली राहदानी २०२० फेब्रुअरी २४ मा बनेको देखिन्छ, जसको म्याद २०३० सम्म छ। उनको चिनियाँ राहदानी २०१० मा जारी भएको देखिन्छ। नेपाली राहदानीमा ठेगाना काभ्रे राखिएको छ भने चिनियाँ राहदानीमा ठेगाना फुजियान राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russia Claims Strike on Ukrainian Cruise Missile Launch Site

Trump Administration Plans Mass Visa Revocation Targeting Asylum Seekers

Dolly Parton, Country Music Icon, Dies at 80

Iran and Oman Discuss Temporary Shipping Lane Through Strait of Hormuz

US Imposes New Sanctions on Iran as Experts Question Strategy

Rochdale Grooming Gang Retrial Underway in Manchester

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu