ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपा-फोरम नेपाल बैठक बिना निष्कर्ष टुङगियो


admin
२३ माघ २०७४, मंगलबार   ७ : १८   बजे

काठमाडौं, २३ माघ । प्रदेश नम्बर २ मा आलोपालो सरकार चलाउने प्रस्ताव राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संघीय समाजवादी फोरम नेपाल समक्ष राखेको छ।

प्रदेशसभामा दुवै दलको हैसियत केही सिटले मात्र तल(माथि रहेकाले प्रदेश सरकारको नेतृत्व समेत आलोपालो रुपमा गर्ने प्रस्ताव राजपा अध्यक्ष मण्डलका नेताहरुले राखेका छन्।

तर फोरम अध्यक्ष उपेन्द्र यादवले आलोपालो सरकार गठन गर्ने राजपाको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । चुनाव अगाडि भएको सहमति अनुसार पहिलो बन्ने दलले मुख्यमन्त्री र दोस्रो दलले सभामुख लगायतको पद बाँडफाँट गर्नुपर्ने धारणा यादवले राखेका छन्।

‘यसअघि नै आलोपालोको प्रस्तावमा मैले नाइँ भनिसकेको छु, सरकारको नेतृत्व बाँडफाँट गर्ने विषयमा सहमति हुन सक्दैन’, यादवले भने।

राजपाले पार्टीभित्र छलफल गरेर अघि बढ्ने प्रस्ताव गरेपछि जनकपुरमा मंगलबार बसेको दुई दलको बैठक बिना निष्कर्ष टुङगिएको छ।

निर्वाचन भएको झन्डै दुई महिनापछि दुई दल प्रदेश नम्बर २ को सरकार गठनमा औपचारिक छलफलमा जुटेका हुन्।

सरकार गठनका लागि राजपाले यसअघि राख्दै आएको छलफलको प्रस्तावलाई फोरमले टार्दै आएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu