बर्दिया,२४ माघ । बर्दियामा हत्याको आरोपमा ३ जना युवा पक्राउ परेका छन् ।
बर्दियाको ठाकुरद्वारा नगरपालिका ३ पेरहनीका २७ बर्षिय बालकृष्ण आचार्यको हत्याको आरोपमा ठाकुरद्वारा नगरपालिका २ कर्मलाका २२ बर्षिय रमेश राजवंशी सोही स्थान बस्ने हरि नारायण दहित र कैलाली जानकी गाउँपालिका ६ जगतपुर बस्ने २० बर्षिय विकाश चौधरी पक्राउ परेका छन् ।
मृतक आचार्य र हत्याका आरोपीहरु गत माघ १५गते ठाकुरबाबा नगरपालिका २ बलातीका रामबहादुर थारुको छोरा विवाह भोज खान गएका थिए । उनीहरु अत्याधिक मद्यपान सेवन गरी एक आपासमा विवाद हुँदा आरोपी तिन जनाले हात मुक्का र चिरपट दाउराले कुटपिट गर्दा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आचार्यको शव गत माघ १७ गते बेलुका फेला परेको थियो । विवाहको बेलामा चारै जनाले अत्याधिक मद्यपान गरेको हुनाले एक आपसमा विवाद भएको र कुनैपनि व्यक्तिगत रीसिबी नभएको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आरोपी तिन जना मध्ये रमेश राजवंशीलाई काठमाडौँबाट पक्राउ गरी बुधबार गुलरिया ल्याईएको छ भने २ जनालाई आफ्नै घरबाट पक्राउ गरीएको थियो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख जनक भट्टराईले तिनै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरीरहेको पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्